दुर्लभ भाषा संरक्षणमा ध्यान दिनुपर्छ : मन्त्री पाण्डे « Arthapath.com
९ फाल्गुन २०८१, शुक्रबार

दुर्लभ भाषा संरक्षणमा ध्यान दिनुपर्छ : मन्त्री पाण्डे



काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले दुर्लभ भाषाको संरक्षण र विकासका लागि ध्यान दिनुपर्ने बताएका छन् ।

अन्तराष्ट्र्रिय मातृभाषा दिवसको रजत महोत्सवमा भाषा प्रयोगशालाको उद्घाटन गर्दैै मन्त्री पाण्डेले लोपउन्मुख र दुर्लभ भाषा लोप हुन लागेको प्रति चिन्ता व्यक्त गर्नु भयो ।

उनले भने,‘लोपउन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । अहिले कुसुण्डा बोल्ने एक जना व्यक्ति मात्रै रहेछन । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ ।’

उनले प्रत्येक भाषाले बोकेको सन्देश, अर्थ, संवेदनशिलता, दर्शन,इतिहास सभ्यता जतिसुकै भए पनि एकले अर्काेको भाषाले बोक्न सक्दैँन । मन्त्री पाण्डेले ज्ञानको बहुआयामिक जोगाउनका लागि पनि भाषाको महत्व बढ्दै गएको बताए ।

उनले मुलुकमा हाल १३१ वटा भाषा बोलिने गरेको उल्लेख गर्दै अन्वेषण हुँदै जाँदा भाषा बढ्दै जाने समेत उनको भनाई छ । मन्त्री पाण्डले भाषा अभौतिक सम्पदा जस्तै भए पनि यसले भौतिक कुराको पनि सेतुको काम गरिरहेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्