नियमित काममा फर्किए अर्थमन्त्री पौडेल « Arthapath.com
११ फाल्गुन २०८१, आईतवार

नियमित काममा फर्किए अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि मन्त्रालयको नियमित काममा फर्किएका छन् ।

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी मन्त्री घाइते भएका थिए ।

कीर्तिपुर स्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्