पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, साधुसन्तहरू आउने क्रम जारी « Arthapath.com
१२ फाल्गुन २०८१, सोमबार

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, साधुसन्तहरू आउने क्रम जारी



काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सम्पूर्ण तयारी पूरा भएको छ । महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रलाई सजावटले आकर्षक बनाउन थालिएको छ। भुवनेश्वरीमार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बुधबार (फागुन १४)गते परेको महाशिवरात्रीमा नेपाल र भारतलगायतका देशबाट साधुसन्तहरू आउने क्रम जारी छ। साधुसन्तका लागि खानेबस्ने सुविधाको प्रबन्ध गरिएको छ । शिवरात्रि (फाल्गुण कृष्ण चतुर्दशी)मा आउने साधुसन्तलाई धुनीका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ। शिवरात्रिको भोलिपल्ट औँसीका दिनमा उनीहरूलाई दक्षिणासहित बिदा गरिनेछ।

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा प्रभातफेरी कार्यक्रम समेत सम्पन्न भएको छ ।

सोमबार पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिको मूलढोकाबाट सुरु भएको प्रभातफेरि पिंगलास्थान, गौशाला र जयबागेश्वरी हुँदै मन्दिर परिसर परिक्रमा गरी पुन: मन्दिरको मूलढोकामा नै पुगेर समापन भएको थियो । महाशिवरात्रीको पूर्व सन्ध्याको सोमबारमा पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो थियो। 

महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्दछ। पशुपति दर्शनका लागि मन्दिर पुग्ने भक्तजनहरूको सुविधाका लागि सम्पूर्ण तयारी पूरा गरिएको कोषले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्