तोलामा ८०० रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ? « Arthapath.com
१४ फाल्गुन २०८१, बुधबार

तोलामा ८०० रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । एतिहासिक रेकर्डबाट सुनको भाउ तल झरेको छ । मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।

तर, आज अर्थात् बुधवार भने ८०० रुपैयाँ घटेर १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ । गत सोमबार १ लाख ७० हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै, आइतबार १ लाख ७० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

साताको चौंथो कारोबार दिन चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ घटेको छ । आज चाँदीको भाउ १ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्