न्यौपानेले पाए राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी सुमन न्यौपानेलाई दिइएको छ ।
यसअघि उक्त जिम्मेवारीमा डा. डिल्लीराम पोखरेल रहेका थिए । अब पोखरेल गभर्नरको कार्यालयको कायममुकायम कार्यकारी निर्देशकको भूमिकामा रहने छन् ।
तर, राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको भूमिका भने कायममुकायम निर्देशक न्यौपानेले सम्हाल्ने छन् ।