८ महिनामा साढे ३ खर्ब राजस्व संकलन « Arthapath.com
६ चैत्र २०८१, बुधबार

८ महिनामा साढे ३ खर्ब राजस्व संकलन



काठमाडाैं। चालु आर्थिक वर्षको ८ महिनामा आन्तरीक राजस्व विभागले वार्षिक लक्ष्यकाे ८४ प्रतिशत राजस्व संकलन गरेकाे छ । विभागले चालु आवको साउनदेखि फागुनसम्ममा ३ खर्ब ४६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको हाे ।

गत आर्थिक वर्षको ८ महिनाको तुलनामा यस वर्ष आन्तरीक तर्फ ३० अर्ब बढी राजस्व उठेको छ । गत आर्थिक वर्ष २०८०/८१ को सोहि अवधिमा ३ खर्ब १६ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । सरकाारले चालु आर्थिक वर्षमा विभागलाई ४ खर्ब ८ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

यस अवधिमा विभागले १ खर्ब ४५ अर्ब ३४ करोड आयकर, ७५ अर्ब ५७ करोड ६२ लाख अन्तशुल्क, ८७ अर्ब ५७ करोड भ्याट, १ अर्ब ७० करोड बहाल कर, २२ अर्ब ५८ करोड ९२ लाख रुपैयाँ ब्याज आम्दानी कर उठेको छ ।

गत आर्थिक वर्षको फागुनसम्म आयकर १ खर्ब ३७ अर्ब ७३ करोड, अन्तशुल्क ६२ अर्ब ८१ करोड, मूल्य अभिवृद्धि कर (भ्याट)७५ अर्ब ३७ करोड, ब्याज आम्दानी कर २७ अर्ब २ करोड रुपैयाँ उठेको थियो ।

यस्तै चालु आवको ८ महिनामा स्वास्थ्य र शिक्षातर्फ लाग्दै आएको कर संकलन पनि बढेको छ। विभागका अनुसार स्वास्थ्यतर्फ वार्षिक लक्ष्यको ७४ प्रतिशत अर्थात ४ अर्ब ३९ करोड र शिक्षा तर्फ १३७ प्रतिशत अर्थात २ अर्ब ९ करोड रुपैयाँ उठेको छ।


प्रतिक्रिया दिनुहोस्