ग्लोबल मनी वीक २०२५ : पलुङटारमा बैंक तथा वित्तीय संस्थाको संयुक्त र्याली

गोरखा । वित्तीय साक्षरताको प्रवद्र्धन गर्ने उद्देश्यसहित, पालुङटार नगरपालिकामा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले संयुक्त र्याली गरेका छन् ।
डिजिटल ठगी तथा यसको रोकथाम सम्बन्धी सचेतना फैलाउने उद्देश्यसहितको र्यालीमा विभिन्न बैंक, वित्तीय संस्था, बीमा कम्पनी तथा सहकारी संस्थाहरूको सहभागिता रहेको थियो ।
पलुङटार नगरपालिकामा ठाँटीपोखरी बजार क्षेत्रमा रहेका बैंकहरु प्रभु बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, युनाइटेड अजोड इन्स्योरेन्स र जन्मभूमि बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

र्यालीमा सहभागीहरूले डिजिटल ठगी तथा साइबर सुरक्षाका विषयमा जनचेतनामूलक सन्देशहरू सम्प्रेषण गर्दै पलुङटारका ठाँटी पोखरी बजार क्षेत्रमा परिक्रमा गरेका थिए ।
सहभागी संस्थाहरूका प्रतिनिधिहरूले डिजिटल ठगीको जोखिम, सुरक्षित डिजिटल कारोबार, बैंकिङ सुरक्षाका उपायहरू लगायतका विविध विषयमा आम नागरिकहरूलाई सचेतना अभिवृद्धि गर्नेव पम्पेलेट , व्यानरहरु प्रदर्शन गरिएको थियो ।