टाटाले बर्दिबासमा सार्वजनिक गर्याे योद्धा १.५ टी

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा योद्धा १.५ टी को क्षेत्रीय लन्च कार्यक्रम बर्दिबासमा भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि वकिल यादव, अध्यक्ष, फर्निचर व्यवसायी संघ, मिथिला नगरपालिका, तथा विशेष अतिथि जटा शंकर यादव, प्रहरी निरीक्षक, बर्दिबासको उपस्थितिमा गाडी सार्वजनिक गरियो। साथै, विशिष्ट अतिथि सन्तोष साह, अध्यक्ष, उद्योग वाणिज्य संघ, मिथिला नगरपालिकाको समेत उपस्थिति रहेको थियो।
यसमा उच्चतम भार क्षमता १५०० किलोग्राम (१.५टन) छ भने शक्तिशाली ३ एल (२९५६ सीसी) को डिजल इन्जिन छ। यसले २५० एनएम टर्क जेनेरेट गर्छ। कम्पनीका अनुसार ३० प्रतिशत ग्रेडिएबिलिटी रहेको योद्धाले अप्ठ्यारा बाटा सजिल पार गर्नसक्छ।मजबुत बनावट, उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी ड्राइभिङ्ग अनुभव जस्ता विशेषताहरू ले यो गाडीलाई बजारमा छुट्टै पहिचान दिलाएको छ।
कार्यक्रममा बोल्दै सन्तोष साह ले टाटा योद्धा १.५ टी को मजबुत बनावट, उच्च भार बहन क्षमता, र टिकाउपनको प्रशंसा गर्दै भने, “व्यावसायिक प्रयोजनका लागि भरपर्दो गाडी खोज्ने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हो। साथै, सिप्रदी ट्रेडिङ्गको बिक्रीपछिको सेवा नेपालभर छरिएको छ, जसले ग्राहकहरूलाई सहज रूपमा सेवा दिनेछ।”
त्यस्तै, जटा शंकर यादवले यातायात सुरक्षाको महत्व बारे जोड दिँदै भने, “सुरक्षित यात्रा र व्यवसायको लागि टिकाउ तथा भरपर्दो गाडी मात्र पर्याप्त हुँदैन, ट्राफिक नियमको पालना गर्नु पनि उत्तिकै आवश्यक छ। टाटा योद्धा १.५टी सुरक्षित र आरामदायी ड्राइभिङ्ग अनुभव दिन सक्षम छ, जसले ट्राफिक सुरक्षामा पनि योगदान पुर्याउनेछ।”
कार्यक्रममा कृष्ण चन्दले भने, “टाटा योधा केवल एउटा पिकअप मात्र होइन, यो व्यवसायको लागि भरपर्दो साझेदार हो। यसमा टिकाउ प्रविधि, उच्च भार बहन क्षमता, तथा ईन्धन कुशलता रहेको छ, जसले नेपाली व्यवसायीहरूलाई उत्पादकता बढाउन र सञ्चालन खर्च घटाउन मद्दत गर्दछ। हामी विश्वस्त छौं कि टाटा योद्धा १.५टी ले ग्राहकहरूको अपेक्षा पूरा गर्नेछ।”
सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालभर आफ्नो सशक्त बिक्री तथा सेवा नेटवर्क मार्फत ग्राहकहरूको आवश्यकताहरू पूरा गर्दै आएको छ। टाटा योद्धा १.५टी को यस क्षेत्रीय सार्वजनिक कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, सिप्रदीले भविष्यमा पनि उत्कृष्ट सेवा र उत्पादहरू प्रदान गर्ने प्रतिवद्धता दोहोर्याएको छ।