काठमाडाैंका यी ५ क्षेत्रमा कर्फ्यु, राति १० बजेसम्म हिडडुल गर्न नपाइने « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

काठमाडाैंका यी ५ क्षेत्रमा कर्फ्यु, राति १० बजेसम्म हिडडुल गर्न नपाइने



काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । राजावादीहरूकाे प्रदर्शनले उग्र रूप लिन थालेपछिजिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

प्रहरीले माइकिङ गर्दै प्रदर्शनमा उत्रीएकाहरूलाई घर जान आग्रह गरिरहेको छ ।

गाैशाला चाेकदेखि पुरानाे बानेश्वर हुँदै नयाँ वानेश्वरसम्म, गाैशालादेखि एयरपाेर्ट, गैरिधारा, तीनकुने हुँदै काेटेश्वर, बानेश्वरचाेकबाट शंखमुल पुल, , काेटेश्वरबाट बालकुमारी पुल, जडिबुटि ताेकेर तत्काल कर्फ्यु जारी गरेकाे जिल्ला प्रशाशन कार्यालय काठमाडाैंले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्