विज्ञापन बजार सुध्रिण गर्न राष्ट्रिय विज्ञापन नीति : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापन र सुध्रिण गर्न राष्ट्रिय विज्ञापन नीति अत्यन्त आवश्यक रहेको बताए ।
राष्ट्रिय विज्ञापन संघको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पुरानो नीति र व्यवस्थामा चलेको विज्ञापन नीति समयानुकुल परिमार्जन गर्न नसक्दा व्यवहारमा जटिलता आएको बताए ।
सूचना प्रविधिको विकास बढ्दो भएपनि ऐन र कानुन परानै प्रवृत्तिमा रहेकाले कार्यन्व्यनमा समस्या आएको बताए । तर्सथ मन्त्रालयले आफ्नो मातहतमा रहेका सबै निकायलाई चुस्त बनाउन आवश्यक ऐन र नीति परिमार्जन गर्न तर्फ केन्द्रित रहेको समेत जानकारी दिए । ‘ऐन र कानुन पुराना भए, समय सापेक्ष बनाउन संशोधन गर्न लागेका छौँ’, उनले,‘र केहि आवश्यकताका आधारमा नयाँ ऐन ल्याउनु पर्ने देखिन्छ ।’
कार्यक्रममा व्यक्ताहरुले उठाएको मदिरा जन्य विज्ञापनमा सरकार खुकुलो हुनुपर्ने माग माथि मन्त्री गुरुङले सरोकारवाला सँग छलफल गरेर लचिलो हुन सकिने धारणा व्यक्त गरे ।
त्यस्तै, पछिल्लो समय विज्ञापन बजार खुम्चीदै गएको र मिडिया सञ्चालक बढ्दै गएकाले विज्ञापन व्यवस्थापनप्रति सरकार संवेदनशील रहेको मन्त्री गुरुङले प्रष्ट पारे ।
सोही अवसरमा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन बजार घटिरहेको अवस्था उल्लेख गरे । सरकारले यस बारे स्पष्ट नीति तत्काल ल्याउनु आवश्यक रहेकोमा उनको जोड छ ।
विज्ञापन बजार पार्दशी बनाउन विज्ञापन ऐजेन्सीहरुको पनि साथ चाहिने समेत बताए ।
कार्यक्रममा बोल्दै मिडिया एलाइन्स नेपालका अध्यक्ष भास्करराज कर्णीकारले विज्ञापन बजार घटेर २० प्रतिशत पुगेको अवस्था दर्शाउदै विज्ञापन व्यवसाय बचाउन राज्य गम्भीर हुनुपर्ने बताए ।
त्यस्तै, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले विज्ञापन, मिडिया हाउस र श्रमजीवि पत्रकार एक अर्का सँग अन्तर सम्बन्धीत रहेको हुँदा पत्रकारको रोजगार सँग जोडिएको विज्ञापन नीति सबैका लागि महत्वपुर्ण रहेको बताए । उनले पत्रकारको जीविकोपार्जन सँग जोडिएको विज्ञापन बजार व्यवस्थीत र लचिलो हुनुपर्ने बताए ।