कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रमानले निरन्तर काम गर्न पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्धक निर्देशक कुलामान घिसिङको पुनर्वहालीको लागि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बिहीबार न्यााधीशहरु डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानको पुनर्वहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको प्रश्न मुद्दाको अन्तिम किनारा लगाउदा टुंगिने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
तीन दिनसम्म चलेको बसपछि इजलासले अग्राधिकारको आदेश दिएको हो । इजलासले मुद्दलाई प्राथमिकता दिने भनेको छ । विहीबारको आदेशपछि हितेन्द्रमान शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तर काम गर्न पाउनेछन् ।
सरकारले घिसिङलाई प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको छ । आफूलाई निर्देशकबाट हटाएपछि घिसिङले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनले प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उर्जा मन्त्री दिपक खड्का, विद्युत प्राधिकरणका संचालक र नवनियुक्ति निर्देशक हितेन्द्र देव शाक्यलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

