तीनकुनेमा प्रदर्शनको अनुमति नदिन संसदीय समितिको निर्देशन « Arthapath.com
२२ चैत्र २०८१, शुक्रबार

तीनकुनेमा प्रदर्शनको अनुमति नदिन संसदीय समितिको निर्देशन



काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुदेँ निर्देशन दिएको छ।

 सो घटनाका बारेमा गृह मन्त्री रमेश लेखकलाई समितिमा छलफल गरेको समितिले आज ५ बुदेँ निर्देशन दिएको हो। समितिले तीनकुने र आसपासको स्थानमा कुनैपनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना आदी कार्यक्रम गर्न अनुमति नदिन समेत निर्देशन दिएको छ ।

उक्त घटनाक्रमको सत्य तथ्य छानविन गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यसमा संलग्न व्यक्तिहरुमाथि आवश्यक छानविन र कानूनी कार्यवाही अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्