घटेन नेपालको वायुप्रदूषण : काठमाडौं बन्यो विश्वकै प्रदुषित सहर « Arthapath.com
२४ चैत्र २०८१, आईतवार

घटेन नेपालको वायुप्रदूषण : काठमाडौं बन्यो विश्वकै प्रदुषित सहर



काठमाडौँ । पछिल्लो केही समययता नेपालको वायुप्रदूषणको स्तर बढिरहेको छ । राजधानी काठमाडौँको वायु प्रदूषण आइतबार पनि उच्च रहेको छ । आईक्यू एयरका अनुसार काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहर बनेको छ ।

आज हावाको गुणस्तर २३३ एक्यूआई रहेको छ । यसलाई अस्वस्थकर मानिन्छ । हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१.१ गुणा बढी रहेको छ ।

वर्षा नपर्दा र डढेलोका घटनाहरू बढ्दा वायुमण्डलमा धुँवा र प्रदूषणको मात्रा धेरै बढेको छ। ​ सार्वजनिक र निजी सवारी साधनहरूको बढ्दो संख्या र तिनबाट निस्कने धुँवाले प्रदूषणको स्तर बढाएको जानकारहरू बताउँछन्।​ नियमितता बिना गरिएको निर्माण कार्यबाट निस्कने धुलोले वायु प्रदूषणमा योगदान पुर्याएको छ ।​

वायु प्रदूषणले श्वासप्रश्वास, मुटु रोग, र फोक्सोको क्यान्सर जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। विशेष गरी दम, ब्रोन्काइटिस, र सीओपीडी जस्ता रोगीहरूलाई बढी असर पुर्याउँछ। ​ वायु प्रदूषणको यो उच्च स्तरलाई मध्यनजर गर्दै, सरकार र सरोकारवालाहरूले तत्काल प्रभावकारी कदम चाल्नु आवश्यक छ।​ तर सम्बन्धित निकायले यसबारे कदम चल्न सकेको छैन ।

विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये दोस्रो नम्बरमा भारतको राजधानी नयाँ दिल्ली छ । तेस्रो स्थानमा भियतनामको हानोई र चौथो पाकिस्तानको लाहोर सहर रहेको छ ।

त्यसपछि भारतको मुम्बई, बंगलादेशको ढाका, चीनको वुहान, सांघाई तथा चोङकिङ, थाइल्याण्डको चियाङ माई र कुवेत सिटी पनि प्रदुषित सहरको सूचीमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्