सामसङ ग्लालेक्सी एम १६ ५ जी अब नेपालमा, कति पर्छ मूल्य ? « Arthapath.com
२४ चैत्र २०८१, आईतवार

सामसङ ग्लालेक्सी एम १६ ५ जी अब नेपालमा, कति पर्छ मूल्य ?



काठमाडाैं । सामसङ नेपालले आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्सट डिभाइस ग्यालेक्सी एम १६ ५ जी सार्वजनिक गरेको छ। यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको छ, जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्ने कम्पनीको विश्वास छ।

ग्यालेक्सी एम १६ ५ जी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ, जसले एम सिरिजको परम्परालाई निरन्तर्ता दिएको छ।नयाँ डिजाइनसहितको ग्यालेक्सी एम १६ ५ जी स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो, र यसमा सेग्मेन्ट अग्रणी एफएचडी प्लस सुपर अमोलेड डिस्प्ले, ६ वर्षको ओएस अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए ।

ग्यालेक्सी एम १६ ५ जीमा ६.७ इन्चकोएफएचडी प्लस सुपर अमोलेड डिस्प्ले दिइएको छ, जसले भाइब्रेन्ट कलर र
स्पष्टता दिन्छ। यसको एडेक्टिभ हाई ब्राइटनेस मोडले घाममा पनि सजिलै कन्टेन्ट हेर्न मिल्ने सुविधा दिन्छ जेन जेड र मिलेनियलका लागि एकदम उपयुक्त मानिएको छ।

नयाँ लाइनर ग्रुप क्यामेरा मोड्युल, सन्तुलित र बोल्ड रंग संयोजन, र ७.९ एमएम स्लिम डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ । यो ब्लु, पिङ्क र मिन्ट ग्रीन तीन रंगमा उपलब्ध छ ।

ग्यालेक्सी एम १६ ५ जीमा मिडियाटेक डाइमेन्सिटी ६३०० प्रोसेसर प्रयोग गरिएको छ जसले मल्टिटास्किंगमा स्पिड र दक्षता सुनिश्चित गर्छ ।

५० एमपीको मुख्य क्यामेरा, ५ एमपीको अल्ट्रा वाइड, २ एमपीकोमाइक्रो क्यामेरा र १३ एमपीको फ्रन्ट क्यामेराले तपाईंको फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्‍याउनेछ। यसले ५००० मिलिअम्पियर घण्टा चार्ज भण्डारण गर्न सक्छ भने २५ वाटको फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज वाचिंग गर्न मिल्छ।

सामसङले ग्यालेक्सी एम १६ ५ जी मार्फत ६ वर्षको ओएस अपडेट र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउँदैछ। साथै, समसङ नाक्स भल्ट सुरक्षा प्रणाली र भ्वाइस फोकस जस्ता फिचरले प्रयोगकर्तालाई सुरक्षित र स्पष्ट अनुभव दिन्छ।

ग्यालेक्सी एम १६ ५ जी नेपालका सामसङ आधिकारीक स्टोरहरुमा ब्लाक, लाइट ग्रीन र लाइट पिङ्क कलरमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य २६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । यसमा ६ जीवी र्‍याम र १२८ जीबी स्टोरेज रहेको छ ।
सामसङ एक्ट्रा फाइनान्स सेवा अन्तर्गत हुलाँस फिनसर्भबाट मात्र नागरिकताकै आधारमा महिनाको न्यूनतम १३५० रुपैयाँ इएमआईमा फोन खरिद गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्