पञ्चकन्या समूहले कविता नेपालीलाई एभरेस्ट र लोत्सेको शिखर आरोहण गर्न आर्थिक सहयोग गर्ने

काठमाडौँ । साहसीक कार्य गर्ने प्रयासलाई सशक्त बनाउने आफ्नो अटुट प्रतिबद्धता अनुरुप पञ्चकन्या समूहले कविता नेपालीलाई सहयोग गर्ने भएको छ ।
प्रसिद्ध फिटनेस आइकन, र कलाकारसमेत रहेकी कविताले यही चैत्र ३० गतेदेखी एभरेस्ट र लोत्से हिमालको आरोहण गर्ने भएकी छिन् ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पञ्चकन्या समुहले कबिता नेपालीलाई आर्थिक सहयोग गरेको छ । यो सामाजिक कार्यमा गरेको सहयोग, उनलाई एक कलाकारको रूपमा मात्र नभई उहाको बहुआयामिक प्रतिभा र राष्ट्रिय गौरवको प्रतीकको रूपमा गरेको कम्पनीका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठले बताएका छन् ।
सन् २०१८ मा बुगी वुगी इन्टरनेसनल नृत्य प्रतियोगिता तथा चिनियाँ मार्सल आर्टमा समेत अब्बल भई सफलता हासिल गरिसकेको अनुभवलाई शिरोपर गर्दै कविताले अब हिमालयमा एउटा पुस्ताको आशा र नेपाली महिलाहरूको स्थायी शक्तिलाई लिएर जाने विश्वास कम्पनीले लिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व मार्फत महिला सशक्तिकरण
अन्तर्राष्ट्रिय महिला दिवसको विशेष कार्यक्रमबिच घोषणा गरिएको यो प्रायोजनले आर्थिक सहयोग भन्दा पनि अर्थपूर्ण, दीर्घकालीन प्रभाव सिर्जना गर्नेमा पञ्चकन्या समूहको विश्वासलाई मूर्त रूप दिनेमा कुनै शंका नभएको कम्पनीले विश्वास रहेको छ । यस कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व रणनीति मुख्य गरी पाँच क्षेत्रहरूमा केन्द्रित रहेको छ । त्यसमा शिक्षा, वातावरण, महिला सशक्तिकरण, स्वास्थ्य र सरसफाई तथा सिप विकास गरी नैतिक, समावेशी, र दिगो विकासप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गरेको छ ।
“कविताको यात्रा आरोहणभन्दा धेरै संसारभरिका साहसी मानिसहरुलाई लागि सन्देश हो“, पञ्चकन्याका समुहको प्रवक्ताले भने। ”हामीले उनलाई सहयोग र समर्थन गर्न पाउँदा गर्व गर्छौं किनकि उनले नेपालको कथा र भावनालाई विश्वको शीर्ष उचाइमा पुर्याउदैँछिन्।“
पञ्चकन्य समूहको बारेमा
“ठोस प्रतिबद्धता“ को लोकाचारद्वारा निर्देशित, पञ्चकन्य समूह नेपालको सबैभन्दा सम्मानित औद्योगिक समूहहरू मध्ये एकको रूपमा खडा छ, यसको नवीनता, सामाजिक लगानी तथा पूर्वाधार र मानव क्षमता दुवै निर्माण गर्ने अभियानमा तत्पर कम्पनी रहेको छ ।