राप्रपाकाे प्रदर्शन बल्खुमा हुने « Arthapath.com
२५ चैत्र २०८१, सोमबार

राप्रपाकाे प्रदर्शन बल्खुमा हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा बल्खुमा हुने भएको छ । भृकुटीमण्डपमा अनुमति नदिएपछि राप्रपाले प्रदर्शन र आमसभा बल्खुमा सारेको हो

राप्रपाले माग गरेको भृकुटीमण्डपमा जिल्ला प्रशासन कार्यालयले शिक्षक आन्दोलन र अन्य आन्दोलनको कारण देखाउँदै सभा गर्न नदिने जनाउँदै बल्खु वा सिफलमा गर्न बैकल्पिक स्थान तोके पछि राप्रपाले प्रदर्शन बल्खुमा गर्ने निर्णय गरेको हो ।

यता, आजै दिउँसो ३ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा केन्द्रिय कार्यसमितिको बैठक पनि बस्नेछ । राप्रपाले यही २६ चैतमा प्रदर्शन र सभा आयोजना गरे पनि प्रशासनले भृकुटीमण्डपमा राप्रपालाई सभा गर्न नदिने भए पछि बल्खुमा गर्ने निर्णय गरेसँगै सो बैठक बोलाइएको हो ।


प्रतिक्रिया दिनुहोस्