फुडमाण्डुको “नयाँ वर्ष फिस्ट” क्याम्पेन सार्वजनिक, ग्राहकलाई ८२% सम्म छुट « Arthapath.com
२५ चैत्र २०८१, सोमबार

फुडमाण्डुको “नयाँ वर्ष फिस्ट” क्याम्पेन सार्वजनिक, ग्राहकलाई ८२% सम्म छुट



काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकहरुले रोमाञ्चक अफरका साथ नयाँ वर्ष २०८२ को सुरुवात गर्न पाउने भएका छन् । ग्राहकहरुले चैत्र २५ देखि बैशाख ७ सम्म फुडमाण्डुको एप मार्फत यस क्याम्पेनको विशेष अफरहरुको फाइदा उठाउन सक्नेछन् ।

‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन मार्फत ग्राहकहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टहरूबाट खाना मगाउँदा ८२% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै फ्ल्यास सेल अन्तर्गत जम्मा रु. ८२ मा निश्चित खाने कुराहरु उपलब्ध हुनेछन् भने लोकप्रिय खानाहरूमा फ्ल्याट डिस्काउन्ट, क्युरेटेड मिल कम्बो, पार्टी प्याक र ʻडबल द जोय’ अफरहरूमा ʻबाई–वन–गेट–वन’ अफर समावेश गरिएको छ । यी अफरहरूले ग्राहकहरूलाई नयाँ वर्षभर उत्सव मनाउन थप विकल्पहरु प्रदान गरेको छ ।

‘फुडमाण्डुको साथ, बबाल हुँदैछ वर्षको अन्त्य र सुरुवात’ भन्ने ट्यागलाइनका साथ शुरु भएको यो क्याम्पेनको उद्देश्य नेपाली नयाँ वर्ष २०८२ लाई अझ भव्य र रमाइलो बनाउने रहेकोे छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले आफ्नो लागि, परिवारको लागि अथवा साथीभाईको लागि विशेष छुटमा स्वादिष्ट परिकारहरु मगाएर अझ रमाइलो समय बिताउन सक्नेछन् ।
फूडमाण्डुले गुणस्तरीय र भरपर्दो डेलिभरी मार्फत ग्राहकहरूलाई उनीहरुको मनपर्ने रेस्टुरेन्टसँग जोड्दै मुख्य शहरहरूमा आफ्नो उपस्थिति बलियो बनाइरहेको छ ।

१,००० भन्दा बढी रेस्टुरेन्टहरूको बढ्दो नेटवर्क र उत्कृष्ट ग्राहक सेवा सहित फुडमाण्डुले काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवल वरिपरिका आफ्ना ग्राहकहरूका लागि यो नयाँ वर्षलाई स्वादिष्ट र यादगार बनाउन प्रतिबद्ध रहेको छ ।


प्रतिक्रिया दिनुहोस्