सरकारले आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा बोलायो « Arthapath.com
२६ चैत्र २०८१, मंगलवार

सरकारले आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा बोलायो



काठमाडौं । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा बोलाएको छ । मन्त्रालयले आन्दोलतरत शिक्षकहरूलाई २७ चैत २०८१ को बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै शिक्षासँग सम्बन्धित माग राख्दै आन्दोलनमा रहेका शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा मन्त्रालयले फेरि वार्ताका लागि बोलाएको हो।

यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफल र परामर्शका लागि आन्दोलनरत पक्षहरूलाई बोलाएको थियो । आन्दोलनरत शिक्षकहरूले भने यसअघि पटक-पटक भएका सम्झौता लागु गर्न माग गर्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्