आगलागी पिडित परिवार तथा व्यवसायीहरुलाई सुदुर पश्चिम प्रदेश सरकारले ५० लाख राहत दिने निर्णय « Arthapath.com
२७ चैत्र २०८१, बुधबार

आगलागी पिडित परिवार तथा व्यवसायीहरुलाई सुदुर पश्चिम प्रदेश सरकारले ५० लाख राहत दिने निर्णय



काठमाडौं । अछाम जिल्लाको जयगड बजारमा मंगलबार आगलागी भएका पिडित परिवार तथा व्यवसायीहरुलाई सुदुर पश्चिम प्रदेश सरकारले तत्कालका लागि ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

उक्त बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिन्डर विष्फोटन भइ आगो फैलेको थियो । सो आगलागीमा २७ घरमध्ये र ११ वटा व्यावसायी पसल जलेका थिए ।

बुधबार मूख्यमन्त्री कमलबहादुर शाहाको अध्यक्ष्तामा बसेको बैटकले आगलागी पिडितहरुलाई ५० लाख रकम उपलब्ध गराउने निर्णय गरेको कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालले जानकारी दिएका छन् ।

सो आगलागीमा ७ करोड भन्दा बढि क्षेति भएको प्रदेश सरकारले अनुमान गरेको छ । आगलागी प्रभावित क्षेत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले आगलागी प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनःर्निर्माणमा सहयोग गर्न संघीय सरकारदेखि स्थानीय पालिकासम्मलाई अपिलसमेत गरेको दाहालले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्