नेपाल शिक्षक महासंघको आन्दोलन १०औं दिनसम्म पनि जारी

काठमाडौ । नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलन १०औं दिनसम्म पनि जारी रहेको छ । बिहीबार सरकारसँग भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बन्यो । जसका कारण नेपाल शिक्षक महासंघले चैत्र २० गतेदेखिको आन्दोलनलाई जारी राखेकाे छ ।
महासंघले विगतमा भएको सहमति कार्यनयन गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न भनेको छ । उनीहरूले विशेष अधिवेशन वा बर्खे अधिवेशन तत्काल बोलाएर माग सम्बोधन गर्नुपर्ने अडान राखेको छ।
नेपाल शिक्षक महासंघले माइतीघरदेखि बिजुली बजार पुलसम्मको सडक कब्जा गरेर सरकारलाई माग पूरा गराउन दबाब दिइरहेकाे छ। ‘ऐन जारी नभएसम्म आन्दोलन नरोकिने र अब ऐन जारी गर्ने वातावरण बन्यो भने मात्र वार्तामा आउनेछौँ जब सम्म ऐन जारीको वातावरण बन्दैन तबसम्म हामि यसरी नै आन्दोलनमा रहने बताएका छन् ।
सरकार र शिक्षक महासंघका अनुसार दुवै पक्षले थप गृहकार्य गरेर अर्को वार्ताको मिति तय गर्ने निर्णय राखेकाे छ ।