हिंसात्मक प्रदर्शनीका नाइके प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति « Arthapath.com
२९ चैत्र २०८१, शुक्रबार

हिंसात्मक प्रदर्शनीका नाइके प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति



काठमाडौं । अदालतले हिंसात्मक प्रदर्शनीका नाइके दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रसाईं गत चैत्र १५ गते राजावादी समुहले गरेको आन्दोलनलाई हिंसात्मक बनाएर फरार थिए । तीनकुने आन्दोलनको क्रममा दुई जनाको ज्यान समेत गएको थियो ।

फरार प्रसाईंलाई प्रहरीले शुक्रबार झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याएको थियो । केन्द्रीय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले उनलाई काठमाडौं ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस्