आज बजारमा तरकारी तथा फलफूलकाे मूल्य कस्ताे रहेकाे छ ? « Arthapath.com
२ बैशाख २०८२, मंगलवार

आज बजारमा तरकारी तथा फलफूलकाे मूल्य कस्ताे रहेकाे छ ?



काठमाडाैं । तरकारी तथा फलफूल बजार बिकास समितिले मंगलबारको लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
आज भारतीय ठूलो गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, रातो आलु प्रतिकेजी ३२.६७ रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकेजी ४१ रुपैयाँ, स्थानिय काउली प्रतिकेजी २५ रुपैयाँ, डल्लो भान्टा प्रतिकेजी ३५ रुपैयाँ, राजमा घिउ सिमि प्रतिकेजी ७५ रुपैयाँ र तितेकरेला प्रतिकेजी ५० रुपैयाँ तोक मूल्य रहेको छ ।

पाकेको फर्सी प्रतिकेजी ४५ रुपैयाँ, भिण्डी प्रतिकेजी ८० रुपैयाँ, रायो साग प्रतिकेजी ६६.६७ रुपैयाँ, चमसुरको साग प्रतिकेजी ९३ रुपैयाँ, कुरीलो प्रतिकेजी ४६६.६७ रुपैयाँ, न्युरो प्रतिकेजी ७५ रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५६.६७ रुपैयाँ, सौफको साग प्रतिकेजी ८५ रुपैयाँ, पुदीना प्रतिकेजी ३०० रुपैयाँ, इमिली प्रतिकेजी १६५ रुपैयाँ र गुन्द्रुक प्रतिकेजी ३२६.६७ रुपैयाँ थोक मूल्य रहेको छ ।

यस्तै केरा प्रतिकेजी १५० रुपैयाँ, हरियो तरभुजा प्रतिकेजी ६५ रुपैयाँ, मौसम प्रतिकेजी १९० रुपैयाँ, जुनार प्रतिकेजी १९० रुपैयाँ, लोकm काक्रो प्रतिकेजी ९५ रुपैयाँ, चाइनिज नासपति प्रतिकेजी २५० रुपैयाँ, अम्बा प्रतिकेजी ११० रुपैयाँ, लप्सी प्रतिकेजी ८५ रुपैयाँ, स्ट्रबेरी प्रतिकेजी २२६.६७ रुपैयाँ र आभोकाडा प्रतिकेजी ६६२.६७ रुपैयाँ थोक मूल्य तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्