राष्ट्रिय मानव अधिकार आयोगले शिक्षक महासंघको माग वार्ताद्वारा समाधान गर्न आग्रह गर्याे « Arthapath.com
२ बैशाख २०८२, मंगलवार

राष्ट्रिय मानव अधिकार आयोगले शिक्षक महासंघको माग वार्ताद्वारा समाधान गर्न आग्रह गर्याे



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल शिक्षक महासंघको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त माग वार्ताबाटै समाधान गर्न भनेको हो ।

‘आन्दोलन लम्बिँदै गएकाेले एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने आयोगले भनेको छ, साथै, आन्दोलनका कारण माइतीघर क्षेत्रमा विगत १३ दिनदेखि सडकहरू सहजै आवातजावात नभएको समेत अवरोध सिर्जना भएको अनुगमनवाट पाइएको छ ।’ मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय भएको आयोगको भनाइ छ ।

‘विद्यालयका शिक्षक शिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल रहेकाे आयोगको विज्ञप्तिमा उल्लेख गरिएकाे छ, ‘तर आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय हो । विद्यालयहरू बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितामा बाधा उत्पन्न हुने देखिएको छ ।’ शिक्षकसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।

शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याको वार्तावाट समाधान गरी पठनपाठन सुचारु गर्न, कानून निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन शिक्षकहरूसँग विगतमा नेपाल सरकारले गरेका सम्झौताहरूको कार्यान्वयन गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेकाे छ।


प्रतिक्रिया दिनुहोस्