जाजरकोटकाे ३ ठाउँमा पुल निर्माण कार्य सुरु हुँदै « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

जाजरकोटकाे ३ ठाउँमा पुल निर्माण कार्य सुरु हुँदै



काठमाडौं । पुलका अभावले खोलाको बाटोमा आवतजावत गर्ने समस्यामा परेको जाजरकोटमा ३ ठाउँमा पुल निर्माणको कार्य सुरु हुने भएको छ । जाजरकोटको शिवालय गाउँपालिका ९ र छेडागाड नगरपालिका जोडिने गरि रिठ्ठे खोलामा पक्कि पुल निर्माण हुने भएको हाे ।

आज सोमबार कर्णाली प्रदेशका योजना मन्त्री राजीब बिक्रम शाहाले जाजरकोटमा ३ वटा पुल निर्माणको शिलन्यास गरेका हुन ।
यस्तै छेडागाड नगरपालिका ५ र जुनिचाँदे गाउँपालिका ६ मा बेलीब्रिज पुल र छेडागाड नगरपालिका वडा नं ५ र वडा नं १२ लाई समेटेर मनघाट खोलामा बेलीब्रिज पुल बनाउनलाई योजना मन्त्री शाहाले शिलन्यास गरेका हुन् ।

उक्त पुलको शिलन्यास गर्ते पुगेका शाहाले जनताका आवश्यकता अनुरुप सरकारले पुल निर्माणलाई पुर्ण रुपमा प्राथमिकता दिएको बताएका छन् ।

पुल नहुदा जाजरकोटका बासिन्दाले निकै जोखिमपुर्ण यात्रा गर्ने बाध्यता अन्त्य हुने भएको छ । कर्णली प्रदेश सरकारले २ वटा पुल निर्माण गर्नेलाई आग्रर गरेको थियो । शाहाले आफूले निर्वाचनमा जनतासंग गरेका बाचालाई पुरा गर्ने आफू निडर रुपम लागि परेको बताएका छन् ।

अर्थ मन्त्री भन्छन् मैले मात्रै चासो गरेर हुदैन यहाका जनताले आफ्नो क्षेत्रमा आएको बिकासलाई चासो र चनाखोका भएर लागिपरे तोकिएकै समयमा पुल निर्माण हुने बताएका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठाले प्रदेश सरकारले बिकास निर्माण कार्यलाई ढिलाई नगर्ने निति बनाइएको छ । उक्त सम्झौताले सयम अवधिमै पुल निर्माण हुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्