यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु
काठमडौं । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । बैंठकले विभिन्न १९ वटा निर्णय गरेको छ ।
बैठकले उच्च स्तरीय शासकीय सुधार आयोग गठन निर्णय गरेको छ । तिनकुने घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने लगायतका निर्णय गरेको छ ।
सासेक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्टबाट १०० मिलियन अमेरिकी डलर बराबरको रकम ऋण सहायता लिनको लागि सैद्धान्तिक सहमति दिने र ऋणसम्वन्धी वित्तीय सम्झौतालाई अन्तिम रुपमा दिन सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवहरुका संयोजकत्वमा वार्ता टोलि गठन गर्ने निर्णय गरको छ।













