सेयर बजारको ओरालो यात्रा कायमै, नेप्सेसँगै घट्यो कारोबार « Arthapath.com
१ जेष्ठ २०८२, बिहीबार

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्सेसँगै घट्यो कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ । यस दिन बजार सामान्य अंकले घटेको हो । बज्र मापक नेप्से परिसूचक ७.३७ अंकले घटेर २६१२.८९ बिन्दुमा खुम्चिएको छ ।

३२० वटा धितोपत्रको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ३३ लाख ४८ हजर रुपैयाँको कारोबार भएको छ ।

८२ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको मूल्य भने घटेको छ ।

बिहीबार ओम मेगा फर्मास्युटिकल्सको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, सोल्टी होटल, उपकार लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स, तारागाउँ रेजेन्सी होटल लगायत कम्पनीको सेयर मूल्य बढेका छन् ।

यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक लगायत कम्पनियो सेयर मूल्य घटेको छ ।

यसदिन सोल्टी होटलको सर्वाधिक ४६ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्