कनेक्ट आइपिएसबाट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक ‘क्यासब्याक’ पाइने « Arthapath.com
४ असार २०८२, बुधबार

कनेक्ट आइपिएसबाट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक ‘क्यासब्याक’ पाइने



काठमाडौं । कनेक्ट आइपिएसले लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी ‘सुरक्षासँगै क्यासब्याक, कनेक्ट आइपिएसको साथ’ अफर सार्वजनिक गरेको छ। उक्त अफर जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागु हुनेछ।

यस अफर अन्तर्गत कनेक्ट आइपिएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले एक हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको रकम बराबर वा अधिकतम  २० हजार रूपैयाँसम्म रकम फिर्ता पाउन सक्नेछन्।

लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरूको जानकारी हप्ता सकिएपछि तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछि कनेक्ट आइपिएसको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरिने छ।

कनेक्ट आइपिएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आइपिएस गेटवे मार्फत गरिएको लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा उक्त अफर लागु हुनेछ। 

उक्त प्रणाली मार्फत सबै लाइफ र केही माइक्रो लाइफ गरी १७ वटा कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ।

बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती अत्याधिक प्रयोग हुने एक सजिलो माध्यमको रुपमा कनेक्ट आइपिएसको विस्तार हुँदै आएको छ ।

कनेक्ट आइपिएसको वेब मार्फत प्रति कारोबार २० लाखसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल-पे क्युआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्