एभरेष्ट कलरको जारी पुँजी वृद्धि, ७ लाख ९० हजार कित्ता आईपीओ ल्याउने « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

एभरेष्ट कलरको जारी पुँजी वृद्धि, ७ लाख ९० हजार कित्ता आईपीओ ल्याउने



काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आफ्नो जारी पुँजी वृद्धि गर्दै सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

बुधवार सम्पन्न कम्पनीको विशेष साधारणसभा कम्पनीको जारी पुँजी बढाएर ३० करोड रुपैयाँ पु¥याउने निर्णय गरेको हो ।

यसमध्ये २६.३३ प्रतिशत अर्थात् ७ लाख ९० हजार कित्ता सेयर रु. १०० अंकित मूल्यमा सर्वसाधारणलाई बिक्री गरिनेछ ।

यसअघि सम्पन्न वार्षिक साधारणसभाले प्रतिकित्ता रु. ५० मा आईपीओ निष्कासन गर्ने निर्णय गरेको थियो । तर, विशेष साधारणसभाले उक्त प्रस्ताव संशोधन गर्दै प्रतिकित्ता रु. १०० मा आईपीओ ल्याउने निर्णय पारित गरेको हो ।

विशेष सभाबाट कम्पनीको स्वतन्त्र सञ्चालकमा कपिल देव महत्तो नियुक्त भएका छन् ।

नेपालमै गुणस्तरीय पेन्ट उत्पादन गरेर आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको एभरेष्ट कलर लिमिटेड युवाहरूको लगानीमा सञ्चालित भएको कम्पनीले जनाएको छ । कम्पनीले आन्तरिक रोजगारी सिर्जना गर्दै राजस्व प्रणालीमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

कम्पनीको वित्तीय क्षमता तथा व्यवस्थापन पक्षलाई मूल्याङ्कन गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडले एभरेष्ट कलरलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था मझौला दरमा रहेको जनाउँछ ।


प्रतिक्रिया दिनुहोस्