नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त « Arthapath.com
२ असार २०८२, सोमबार

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त



काठमाडाैं । नेपाल बैंक लिमिटेडकको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन् । गत जेठ २ गते बसेको बैंक सञ्चालक समितिको बैठक रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गरेको हो ।

नियुक्तिपछि गौतमले जेठ ११ गते सञ्चालक समितिका अध्यक्षसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

नेपाल बैंकले औपचारिक जानकारी जारी गर्दै उहाँको नियुक्ति र शपथ ग्रहणको जानकारी सार्वजनिक गरेको हो।

स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गौतमको अनुभव र नेतृत्वले बैंकको सुशासन तथा रणनीतिक निर्णय प्रक्रियामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्