यूनिलिभर नेपालको सञ्चालक समितिमा डा विवेक मित्तल नियुक्त « Arthapath.com
१९ जेष्ठ २०८२, सोमबार

यूनिलिभर नेपालको सञ्चालक समितिमा डा विवेक मित्तल नियुक्त



काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडको सञ्चालक समितिमा डा विवेक मित्तल नियुक्त भएका छन्। कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई पत्र पठाउँदै उक्त जानकारी गराएको हो।

कम्पनी ऐन २०६३ को दफा ८६(२) र ८७(२) तथा कम्पनीको नियमावलीको दफा ६१.१ र ६८ अनुसार २०८२ जेठ १३ (२०२५ मे २७) देखि लागू हुने गरी डा मित्तललाई सञ्चालकमा नियुक्त गरिएको जनाइएको छ।

प्रतिभूति सूचीकरण विनियमावली, २०७५ को नियम २२(१)(ज) तथा प्रतिभूति सूचीकरण तथा बाँडफाँड नियमावली, २०७३ को अनुसूची-१६ को दफा २६(५) (क्रम संख्या ९) अनुसार कम्पनीले नियामक निकायलाई जानकारी गराएको हो।

सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि समेत स्टक एक्सचेञ्जमा पेश गरिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्