भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई एयरपोर्टबाटै फर्काइयो « Arthapath.com
२७ असार २०८२, शुक्रबार

भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई एयरपोर्टबाटै फर्काइयो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो १० दिनमा भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फिर्ता पठाएको छ ।

कार्यालयका अनुसार जेठ ८ देखि १८ गतेसम्म यूएई, ओमान, कतार, मलेसिया र कम्बोडिया जान खोज्नेलाई आवश्यक कागजात नपुगेका कारण रोकिनु परेको हो ।

सबैभन्दा धेरै ४३७ जना यूएई जान खोज्ने थिए । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धानमा परेपछि अध्यागमन कार्यालयले कडाइ गरेको हो ।

मानव तस्करी रोक्न अध्यागमनले यसअघि माघ १० देखि भिजिट भिसाका लागि ६ बुँदे नयाँ मापदण्ड लागू गरेको थियो । जसअनुसार यात्रुहरूसँग दुईतर्फी टिकट, होटल बुकिङ, ६ महिना म्याद बाँकी पासपोर्ट, कम्तीमा ५०० डलर बराबरको वैदेशिक मुद्रा, र बसाइको प्रमाण सहित नाता प्रमाणित कागजात आवश्यक पर्छ ।

यीमध्ये कुनै कागजात नपुगे यात्रालाई अनुमति दिइँदैन ।


प्रतिक्रिया दिनुहोस्