प्राधिकरण अध्यक्ष ओझा नियुक्तिविरुद्धको पेसी मंसिर १ गते « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

प्राधिकरण अध्यक्ष ओझा नियुक्तिविरुद्धको पेसी मंसिर १ गते



काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति खारेज माग गर्दै दायर गरिएको रिटको सुनुवाइ मंसिर १ गतेका लागि तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मोहम्मद मुसलमान र बालकृष्ण ढकाललको संयुक्त इजलासले ओझाको रिटलाई अग्राधिकार प्रदान गरी पूर्ण सुनुवाइका निम्ति पेस गर्न सोमबार आदेश दिएको थियो।

अधिवक्ता इन्दिरा धमलाले ओझाले संगठित संस्थामा काम गरेको अनुभव नदेखिएको र झुटा कागजात प्रयोग गरेर पद प्राप्त गरेको आरोप लगाउँदै चैत १७ गते रिट दायर गरेकी थिइन्। उक्त रिटमा न्यायाधीश नहकुल सुवेदीले चैत २० गते प्रतिवादीलाई कारण देखाउ आदेश जारी गरेका थिए।


प्रतिक्रिया दिनुहोस्