अफरोड ईभी खोज्नेहरूका लागि उत्तम विकल्पः यस्तो छ छिट्टै नेपाल आउन लागेको ‘जे ५’ कार « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

अफरोड ईभी खोज्नेहरूका लागि उत्तम विकल्पः यस्तो छ छिट्टै नेपाल आउन लागेको ‘जे ५’ कार



नेपाल अटोमोबाइल बजारमा नयाँ उत्साह थप्दै चिनियाँ इलेक्ट्रिक ब्रान्ड जेइकोको अफरोड इलेक्ट्रिक एसयूभी ‘जे ५’ नेपालमा छिट्टै सार्वजनिक हुने भएको छ।

नेपालका लागि ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आगामी केही महिनाभित्र जे ५ बजारमा ल्याउने योजना बनाएको छ भने त्यसपछि रेट्रो–स्टाइलको भी २३ मोडेल पनि सार्वजनिक गरिनेछ।

उपभोक्ताहरूको फरक आवश्यकतालाई सम्बोधन गर्न जेइको जे ५ इलेक्ट्रिक र हाइब्रिड विकल्पहरूसहित विभिन्न भेरियन्टहरूमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

शक्तिशाली मोटर, दीर्घ रेञ्ज र अत्याधुनिक सुरक्षा प्रविधिले सजिएको यो इलेक्ट्रिक एसयूभीले उपभोक्ताहरूको ध्यान खिच्न थालेको छ। अफरोड तथा एडभेन्चर राइडिङका लागि डिजाइन गरिएको जे फाइभमा आधुनिक फिचरहरू राखिएको कम्पनीले जनाएको छ । यो गाडीको एक्स्टेरियर (बाहिरी आवरण) को डिजाइन प्रकृतिबाट प्रेरित छ । यो मोडेलले घरपालुवा जनावर–मैत्री डिजाइन र नवीनतम उत्सर्जन मापदण्डहरूको अनुपालन सहित उल्लेखनीय अपडेटहरू प्रस्तुत गर्दछ।

नेपालमा ‘जेइको जे फाइभ’ को आधिकारिक मूल्य निर्धारण अझै घोषणा नगरिए पनि अन्य इलेक्ट्रिक एसयुभीसँग प्रतिस्पर्धा गर्न प्रतिस्पर्धी मूल्य हुने अपेक्षा गरिएको छ ।

शक्तिशाली मोटर र लामो रेञ्जः अफरोड क्षमतामा नयाँ अनुभव

जे फाइभ’ मा २०८ किलोवाटको स्थायी चुम्बक सिंक्रोनस मोटर जडान गरिएको छ, जसले २८३ पीएस पावर र ३८५ एनएम टर्क उत्पन्न गर्छ। भने यसमा प्रयोग गरिएको ६९.८ किलोवाट लिथियम–आयन ब्याट्री रहेको छ । जसले डब्लुएलटिपी परीक्षण अधिकतम ५०१ किलोमिटरसम्मको रेञ्ज प्रदान गर्छ।

यस्तै यस गाडीमा २८३ पीएसको अधिकतम पावर आउटपुट, प्यानोरामिक सनरुफ, १३.२ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, र उन्नत सुरक्षा सुविधाहरूले यसलाई अझ विशिष्ट बनाएको छ ।

यसमा रहेको इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणालीले शहरका सडकदेखि अफ–रोड यात्रासम्मको अनुभवलाई झनै सहज र आरामदायक बनाउँने कम्पनीको दावी छ ।

डिजाइनको कुरा गर्दा यसमा साहसी र बाक्लो बनावटको आकर्षक डिजाइनमा वाटरफल ग्रिल रहेको छ, जसको दुबैपट्टि आयताकार एलइडी हेडलाइटहरू जडान गरिएको छ। यसको सुन्दर प्रोफाइललाई १९ इन्चका अलो ह्वील र प्यानोरामिक सनरूफले थप स्टाइलिश र कार्यक्षम बनाएको छ भने पछाडिको भागमा रहेको स्लीक एलइडी टेललाइटहरूले यसको आधुनिक रूपलाई झनै आकर्षक बनाउँछन्।

एडभान्स ड्राइभर असिस्टेन्स सिस्टमले थप्यो सुरक्षा

यस्तै जेइको जे ५ मा सुरक्षा सुविधाको व्यापक संयोजन उपलब्ध छ, जसमा लेवल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस) अन्तर्गत १९ वटा बौद्धिक (स्मार्ट) फङ्सनहरू समावेश छन्। यी सुविधामा फरवार्ड कोलिजन वार्निङ (सामुन्ने टक्करको चेतावनी), लेन–कीपिङ असिस्ट (लेनभित्र सवारी राख्ने सहायता), र एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता अत्याधुनिक प्रणालीहरू छन्, जसले यात्रालाई अझ सुरक्षित र आरामदायक बनाउँछन्।

जेको जे५ को भित्री भाग दुई–रंगीय फक्स लेदर अपहोल्स्ट्री र सफ्ट–टच फिनिशहरूले सजिएको लक्जरी क्याबिन प्रदान गर्छ। ड्यासबोर्डको केन्द्रमा रहेको १३.२ इन्चको पोट्र्रेट–अभिमुख इनफोटेनमेन्ट स्क्रिनमार्फत विभिन्न सवारी फिचरहरू सहजै नियन्त्रण गर्न सकिन्छ। यसमा रहेको प्यानोरामिक सनरूफ र डबल–ग्लेज्ड साउण्डप्रूफ ग्लासले क्याबिनको वातावरणलाई झनै सान्त र मनमोहक बनाउँछ, भने पावर–एड्जस्टेबल अगाडिका सिटहरूले यात्रामा अधिकतम आराम सुनिश्चित गर्छन्।

जेइको जे फाइभ इभीले हालै २०२५ इन्डोनेसिया अन्तर्राष्ट्रिय मोटर शोमा आफ्नो डेब्यू गरेको थियो। नेपाबाहेक यो गाडी इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया र नेपाल लगायत प्रमुख दक्षिणपूर्वी एसियाली बजारहरूमा समेत प्रवेश गर्ने तयारीमा छ ।


प्रतिक्रिया दिनुहोस्