चालु खाता २ खर्ब ५५ अर्ब र शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्बले बचतमा « Arthapath.com
२८ जेष्ठ २०८२, बुधबार

चालु खाता २ खर्ब ५५ अर्ब र शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्बले बचतमा



काठमाडाैं । सरकारकाे चालु खाता साढे २ खर्बले बचतमा देखिएकाे छ । नेपाल राष्ट्र बैंकले १० महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्क सार्वजनिक गर्दै चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ।

यस्तै यस अवधिमा शोधनान्तर स्थिति रु. ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.५ अर्ब २६ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.१० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.७ अर्ब ५ करोड रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्