दुर्गा प्रसाइको तर्फबाट कानुन व्यवसायीको बहस अन्तिम चरणमा

काठमाडौं । तिनकुने घटनाको गतिविधिमा संलग्न आरोपमा थुनामा परेका दुर्गा प्रसाइको तर्फबाट कानुन व्यवसायीको बहस मंगलबार अन्तिम चरणमा पुगेको छ ।
आज प्रसाईको तर्फबाट बरिष्ठ अधिवक्ता रमन श्रेष्ठ बहस गर्ने भएका छन् । श्रेष्ठको बहस सकिएपश्चात अर्का प्रतिवादी रामेछापका तारा राजावादीका नामक सरोज गौतमका तर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने छन् ।
गौतम तीनकुने घटनाको घर आगजनीमा समेत संलग्न थिए सो घर आगजनी गर्ने गौतम सहित अरु दुईजनाले आगजनी गरी पत्रकार सुरेश रजले ज्यान गुमाएका थिए ।
यसअघि प्रसाईको तर्फबाट बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, टंक दुलाह, डा. भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लब कुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुका देवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीस धुव्रराज कार्कीको इजलासमा बहस भइरहेको छ । राज्यविरुद्ध र ज्यान सम्बन्धि कसुरका ५० जना प्रतिवादी मध्ये प्रसाई सहित ३९ जना थुनामा परेका छन् ।