मुद्राप्रदाय वृद्धिदर घट्यो, वैदेशिक सम्पत्ति कति ? « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

मुद्राप्रदाय वृद्धिदर घट्यो, वैदेशिक सम्पत्ति कति ?



काठमाडाैं । आर्थिक वर्ष २०८१÷८२ को दश महिनामा विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ । तर याे गत वर्षकाे भन्दा १.४ प्रतितश कम हाे ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ८.० प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.४३८ अर्ब ५२ करोड (२२.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.३९२ अर्ब ६४ करोड (२६.९ प्रतिशत) ले बढेको थियो।

समीक्षा अवधिमा सञ्चित मुद्रा ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा सञ्चित मुद्रा ९.८ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्