२.१ प्रतिशतले बढ्याे सरकारको आन्तरिक कर्जा

काठमाडाैं । आर्थिक वर्ष २०८१÷८२ को दश महिनामा कुल आन्तरिक कर्जा २.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८ प्रतिशतले बढेको थियो।
केन्द्रिय बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा यस्तो कर्जा ५.४ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २४.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२.० प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा यस्तो दाबी १०.५ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.० प्रतिशतले बढेको छ।