सेबोन मुद्दामा अदालतको आदेश : प्रेस चौतारीको आपत्ति, पत्रकारको स्वतन्त्रता रक्षा गर्न आह्वान « Arthapath.com
२५ असार २०८२, बुधबार

सेबोन मुद्दामा अदालतको आदेश : प्रेस चौतारीको आपत्ति, पत्रकारको स्वतन्त्रता रक्षा गर्न आह्वान



काठमाडौं । काठमाडौं जिल्ला अदालतले समाचार हटाउन जारी गरेको आदेशप्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ ।

अदालतले बिजमाण्डु र नेपाल खबरमा प्रकाशित समाचारहरू हटाउन अन्तरिम आदेश दिएपछि चौतारीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको टिप्पणी गरेको हो।

चौतारीले अदालतको आदेशप्रति पुनर्विचार गर्न आग्रह गर्दै विवादित सामग्रीको मूल्यांकन गर्ने अधिकार प्रेस काउन्सिल नेपालमा निहित रहेको स्मरण गराएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सन्तोषनारायण श्रेष्ठले हालेको मुद्दामा अदालतले बिजमाण्डुमा सेबोनसम्बन्धी प्रकाशित समाचार तुरुन्त हटाउन भनेको थियो ।

यस्तै, पत्रकार दिलभूषण पाठकमाथि जारी पक्राउ पुर्जीप्रति पनि चौतारीले आपत्ति जनाउँदै साइबर ब्युरोको कदम प्रेस स्वतन्त्रता विरोधी भएको जनाएको छ । चौतारीले पुर्जी खारेज गरी अभिव्यक्ति स्वतन्त्रताप्रति राज्यले प्रतिबद्धता देखाउनुपर्ने माग गरेको छ।


प्रतिक्रिया दिनुहोस्