एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान नम्बर अद्यावधिक गर्न अनुरोध « Arthapath.com
२९ असार २०८२, आईतबार

एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान नम्बर अद्यावधिक गर्न अनुरोध



काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैंकले ‘आयकर ऐन, २०५८’ अनुसार ग्राहकको खाताबाट गरिएको कर कट्टीको विवरण नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्यान प्रणालीमा अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएकाले, ग्राहकहरूले आफ्नो प्यान नम्बर अद्यावधिक गर्नुपर्ने जनाएको छ।

प्यान अपडेट गर्न ग्राहकले बैंकको पोर्टल panupdate.nicasiabank.com मा जान सक्नेछन, वा एनआईसी एशिया माे बैंक मोबाइल एपमा रहेको “प्यान अपडेट” विकल्प प्रयोग गरेर सजिलै प्रक्रिया पूरा गर्न सकिन्छ।

यसका अतिरिक्त, ग्राहकले चाहेमा आफ्नै सुविधा अनुसार नजिकको जुनसुकै शाखा कार्यालयमा गई प्यान अद्यावधिकका लागि निवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ।

बैंकका अनुसार, निक्षेपकर्ताको ब्याज भुक्तानीबाट गरिएको कर कट्टीलाई ई–टीडीएस रेकर्डमा समावेश गर्न प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक गरेपछि कर सम्बन्धी विवरण स्वचालित रूपमा अनुसूची १० मा मिलान हुने र यसले ग्राहकलाई कर कट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न मद्दत पुर्‍याउनेछ। यसले ग्राहकलाई प्रमाणपत्र लिन बैंक धाउनु पर्ने झन्झटबाट समेत मुक्त गराउने बैंकको विश्वास छ।

प्यान अद्यावधिक नगर्ने ग्राहकका हकमा ई–टीडीएसमा कर दाखिला नभएको वा ब्याज करमा समायोजन गर्नुपर्ने अवस्थामा बैंक जिम्मेवार नहुने पनि स्पष्ट पारेकाे छ ।


प्रतिक्रिया दिनुहोस्