सेयर बजारमा झिनाे सुधार, साढे ११ अर्बकाे काराेबार

काठमाडाैं । साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा झिनाे सुधार देखिएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ०.४७ अंकले बढेर २६ सय ५५ दशमलब ८५ विन्दुमा राेकिएकाे छ ।
सेयर बजार सान्य बढे पनि आज काराेबार रकम भने घटेकाे छ । यसदिन ३०५ कम्पनीकाे २ कराेड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ लाख ३२ हजार रूपैयाँकाे काराेबार भएकाे छ।
गत बिहिबार आज ३११ कम्पनीकाे २ कराेड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ कराेड ५३ लाख ८ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।
आज ९० कम्पनिकाे सेयर मूल्य बढेकाे छ भने १५७ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यसदिन उत्पादन तथा प्रशाेधन समुह १.४७ र व्यापार समुह १.०८ प्रतिशतले बढेकाे छ । यस्तै लगानी समुह ०.७६ प्रतिशतले घटेकाे छ ।