चालु आर्थिक वर्ष सकिन १ महिना बाँकी रहँदा ८० प्रतिशत राजस्व संकलन

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वार्षिक लक्ष्यकाे ७०.९९ प्रतिशत राजस्व संकलन भएकाे छ ।
चालु आवमा सरकारले राजस्व संकलन मार्फत १४ खर्ब ७१ अर्ब ६२ कराेड ९५ लाख रूपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकाे थियाे । तर ११ महिना बितिसक्दा सरकारले १० खर्ब ४४ अर्ब ७६ कराेड १६ लाख रूपैयाँ मात्र उठाउकाे हाे ।
गत आवकाे यस अवधिमा सरकारले ९ खर्ब १९ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेकाे थियाे ।
यस अवधिमा कर राजस्व मार्फत ९ खर्ब १८ अर्ब १५ लाख, गैर कर राजस्व मार्फत ९८ अर्ब ८ कराेड ३८ लाख संकलन भएकाे छ ।
यस्तै यस अवधिमा १७ अर्ब ९ कराेड १८ लाख रूपैयाँ बराबर वैदेशीक अनुदान प्राप्त भएकाे छ । चालु आवमा सरकारले ५२ अर्ब ३२ कराेड ६५ लाख अनुदान लिने लक्ष्य राखेकाे छ ।