एक्सपेङ जी ७ ले बनायो ४६ मिनेटमै १० हजार अर्डरको कीर्तिमान

काठमाडाैं । एक्सपेङको नयाँ इलेक्ट्रिक एसयुभी जी ७ ले चीनमा ११ जुन २०२५ मा सार्वजनिक भएको केवल ४६ मिनेटमै १० हजारभन्दा बढी प्रिअर्डर प्राप्त गर्न सफल भएको छ ।
यस उत्साहजनक प्रतिक्रियाले एक्सपेङको प्रविधिमा आधारित नवीनता प्रति उपभोक्ताको पूर्ण विश्वास र उत्सुकतालाई प्रस्ट रुपमा झल्काएको कम्पनीले जनाएको छ।
जी ७ मा एक्सपेङद्धारा विकास गरिएको ‘ट्युरिङ एआई चिप’, हुवाबे सँगको सहकार्यमा तयार गरिएको ८७ इन्चको एआर एचयुडी डिस्प्ले, उच्च स्तरीय स्वचालित ड्राइभिङ सुविधा, र ५ सी अल्ट्रा(फास्ट चार्जिङ जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्।
७०० किलोमिटरसम्मको अधिकतम रेञ्जले जी ७ लाई इन्टेलिजेन्ट मोबिलिटीको नयाँ मापदण्डको रूपमा आफूलाई स्थापित गरेको छ।
जी ७ ले अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुलिरहेको छ, यधपी सीजी मोटर्सले एक्सपेङको एआइ मोबिलिटीको भिजनलाई नेपालमा जी ६ को माध्यमबाट पहिले नै भित्र्याइसकेको छ।
जी ७ मा ओटिए अपडेट, एक्सओएक्स अपरेटिङ सिस्टम, ८०० भोल्ट चार्जिङ, सिपा २.० आर्किटेक्चर जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्, जसले नेपाली सडकमा ईभीको अनुभवलाई अझ स्मार्ट र इन्टेलिजेन्ट बनाउँछ।