गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ९७ करोड ९९ लाखको बजेट (पूर्णपाठ) « Arthapath.com
१ असार २०८२, आईतबार

गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ९७ करोड ९९ लाखको बजेट (पूर्णपाठ)



काठमाडाैं । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि करीब ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

आइतबार गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।

बजेटमा चालु खर्चतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ। यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेटको आयस्रोतमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान अन्तर्गत ७ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख रुपैयाँ, सशर्त अनुदानबाट ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ, समपूरक अनुदानबाट ६३ करोड ९७ लाख रुपैयाँ र विशेष अनुदानबाट ४९ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।

त्यस्तै, आन्तरिक राजस्वबाट ५ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ संकलन गरिनेछ भने २ अर्ब २४ करोड ५० लाख रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिनेछ। बाँकी अपुग १ अर्ब ७५ करोड रुपैयाँ भने आन्तरिक ऋणमार्फत जुटाइनेछ।


प्रतिक्रिया दिनुहोस्