सानो पाइला सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा « Arthapath.com
१ असार २०८२, आईतबार

सानो पाइला सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा



काठमाडौं । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध ५ करोड ७४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।

यो प्रकरणमा करिब १ अर्ब ३२ करोड रुपैयाँ अपचलन भएको दाबी गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय पर्सामा प्रहरी अनुसन्धानपछि मुद्दा दायर भएको हो ।

सहकारीले वीरगञ्ज बाहिरका गैरसदस्यलाई ऋण दिँदै ऐनको उल्लंघन गरेको र करिब ८ सय बचतकर्ताको जम्मा गरिएको १ अर्ब ३५ करोड रुपैयाँमध्ये ९२ करोड कार्यक्षेत्र बाहिर लगानी गरेर दुरुपयोग गरिएको आरोप छ ।

सहकारीबाट पूर्वसञ्चालक जीबी राईको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख रुपैयाँ कर्जा प्रवाह गरिएको खुलेको छ । लामिछाने हाल सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्