तारा एयरलाइन्सकाे पोखरा-जोमसोम हवाई उडान बन्द

काठमाडाैं ।, तारा एयरलाइन्सले दुई महिनाका लागि पोखरा-जोमसोम हवाई उडान बन्द गरेको छ । बर्खामा मुस्ताङ घुम्ने हवाई यात्रुको संख्या घटेपछि पोखरा जोमसोम हवाई उडान स्थगित गरेको हो ।
तारा एयरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीले जनाएको छ ।
समिट एयरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ।
यात्रु घट्दै गएपछि अहिले यस रुटमा मुस्किलले दैनिक एक मात्र हवाई उडान हुँने गरेको छ ।
मौसम प्रतिकुलताका कारण उडान स्थगित गरेको तारा एयरलाइन्सले नयाँ याम सुरु भएपछि उडान सुरु गर्नेछ ।