कहिले सकिँदैछ मन्दाकिनी हाइड्रोपावरको लकइन अवधि ?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको लकइन अवधि आगामी साउन १६ मा सकिने भएको छ ।
कम्पनीका संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीको लकइन अवधि साउन १६ गतेपछि समाप्त हुँदैछ । कम्पनीले २०७९ साउन १७ गते सर्वसाधारणलाई आईपीओ निष्कासन गरेसँगै ३ वर्षको लक–इन अवधि तोकिएको थियो ।
लक इन अवधि सकिएपछि ४८ लाखभन्दा बढी कित्ता सेयर बजारमा कारोबार योग्य हुनेछन् । हाल लक इन अवस्थामा ४१ लाख ७० हजार ५९७ कित्ता संस्थापक सेयर, ६ लाख ४८ हजार ७६२ कित्ता स्थानीयको सेयर र २५ हजार ८५८ कित्ता कर्मचारीको रहेको छ ।