तोलामा २९ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदिको कति ? « Arthapath.com
१३ असार २०८२, शुक्रबार

तोलामा २९ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदिको कति ?



काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । हिजाे ताेलामा ३०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज एकैदिन २ हजार ९०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा काराेबार भएकाे थियो।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँ घटेको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ किनबेच भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्