‘काठमाडौँ भ्यू टावर’ का ठेकेदार भेटवाल बैंकिङ कसुर मुद्दामा पक्राउ « Arthapath.com
१३ असार २०८२, शुक्रबार

‘काठमाडौँ भ्यू टावर’ का ठेकेदार भेटवाल बैंकिङ कसुर मुद्दामा पक्राउ



काठमाडाैं । काठमाडाैंकाे पुरानाे बसपार्कमा निर्माण भइरहेकाे ‘काठमाडौँ भ्यू टावर’ का ठेकेदार पक्राउ परेका छन् ।

‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई प्रहरीले शुक्रवार अनामनगरबाट पक्राउ गरेको हाे ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । सो मुद्दामा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसअघि पनि उनी चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस्