एसईईको नतिजा आजै प्रकाशित हुने « Arthapath.com
१३ असार २०८२, शुक्रबार

एसईईको नतिजा आजै प्रकाशित हुने



काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै प्रकाशन हुने भएकाे छ । एसईईको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक बसिरहेकाे छ ।

केही प्राविधिक समस्या नदेखिएको खण्डमा आजै प्रकाशित गरिने र नभएको खण्डमा भोली प्रकाशित गर्ने बोर्डको तयारी रहेकाे बाेर्डले जनाएकाे छ । भाेलि शनिबार भएकाले पनि नतिजा आजै प्रकाशित हुने उच्च सम्भावना छ ।

यसै विषयमा निर्णय गर्न बोर्डको बैठक बसिरहेको छ भने केहिबेरमै निर्णय आउने छ ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्