‘ग्लोबल आइएमई समुन्नत योजना २’ मा आवेदन दिने अवधि साउन ४ गतेसम्म लम्बियो

काठमाडाैं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्काशनमा ल्याएको सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ मा इकाई खरिदका लागि आवेदन दिने अवधि थप गरिएको छ।
अब लगानीकर्ताहरूले साउन ४ गतेसम्म यस योजनामा आवेदन दिन सक्नेछन्।
१० वर्षे बन्दमुखी प्रकृतिको यस म्युचुअल फण्ड योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो।
कुल निष्काशित इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई आरक्षित राखिएको छ, जसमा १.५ प्रतिशत (१८ लाख इकाई) योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १३.५ प्रतिशत (१ करोड ६२ लाख इकाई) बीज पूँजीको रूपमा छुट्याइएको छ। बाँकी रहेका १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो।
यस योजनामा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। योजनाको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड स्वयं रहेको छ।